काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहित नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) राष्ट्रिय सभाको हिउदे अधिवेशनमा प्रतिनिधि सभा विघटनप्रति प्रधानमन्त्री ओलीको चर्को आलोचना , सर्वोच्च अदातलले संविधान संशोधन गर्न नसक्ने भएकाल संसद् पुनःस्थापना हुने दावी
२) परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली माघ १ गते भारत भ्रमणमा जाने तय, विदेशमन्त्रीस्तरीय संयन्त्रमा कालापानी र लिपुलेकको कुरा उठाउने, एपिजी प्रतिवेदन पनि एजेन्डा
३) शेयर किनेको तीन दिनभित्रै राफसाफ गर्नुपर्ने, फर्छ्यौट पनि एक दिन छोट्टियो, धितोपत्र बोर्डको स्वीकृतिसँगै यो व्यवस्था आइतबारदेखि नै लागु हुने
४) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विधिवत सत्ता हस्तान्तरणका लागि जनाए प्रतिवद्धता, संसद भवनमा आक्रमण भएसँगै विश्वभर आलोचना
५) र, भारतविरुद्धको खेलमा अष्ट्रेलियन खेलाडी स्टिभ स्मिथले प्रहार गरे शतक, अस्ट्रेलियाको पहिलो इनिङमा मध्यम स्कोर