काठमाडौं- सोमबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू:
१) अदालतमा विचाराधीन मुद्दामा कांग्रेस बोल्न नमिल्ने सभापति शेरबहादुर देउवाको तर्क, प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भनाइ, असंवैधानिक कदमविरुद्ध कांग्रेस एक्लै सडकमा उत्रने निर्णय केन्द्रीय समितिबाट गर्ने दाबी ।
२) प्रतिनिधिसभा विघटनविरुद्ध सोमबार काठमाडौंमा डम्फू नाचसहित कोण सभामार्फत नागरिक प्रदर्शन, अब आउने १५ गते धिमे बाजासहित, १७ गते च्याब्रुङसहित र १८ गते सडक नाटकसहित सभा हुने ।
३) आन्तरिक सुशासन र व्यवस्थापनमा देखिएको कमजोरीले हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी धराशायी ः १६ अर्ब लगानी तर शून्य प्रतिफल, जताततै व्यवस्थापनको बदमासी ।
४) तालिवान र अफगान सरकारबीच अर्को चरणको शान्तिवार्ता जनवरी ६ मा कतारको दोहामा हुने, राष्ट्रपति घानीद्वारा स्वदेशमै वार्ताको वातावरण बनाइने बताइए पनि सुरक्षाको कारण देखाउँदै तालिवान समूहले मानेन् ।
५) र, विभागीय एपिएफ दाङको देउखुरीमा जारी प्रधानमन्त्री कप टि–२० महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश, लुम्बिनी प्रदेशलाई पराजित गर्दै एपिएफ समूह ‘ए’ को विजेता ।