काठमाडौं- बुधबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू:
१) प्रचण्ड–नेपाल पक्षको संसदीय दल बैठकमा प्रतिनिधिसभाका ९३ सहित ११५ सांसद उपस्थित, संसदीय दलको बैठकबाट प्रचण्ड संसदीय दलको नेतामा चयन ।
२) सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा विघटन सम्बन्धी रिट निवेदनहरुलाई संवैधानिक इजलासमा पठाउने निर्णय, संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणासहित अन्य चार जना न्यायाधीश हुने ।
३) लगानीकर्ताले नाफा बुक गर्न खोज्दा नेप्सेको सुधार ७ अंकमै सीमित, नबिल बैंक र नेपाल लाइफ इन्स्योरेन्सको सेयरमा सर्किट, ६ अर्ब ८६ करोड रुपैयाँको कारोबार ।
४) बजेटलाई निर्धारित मितिमा पारित गर्ने विषयमा गठबन्धन सरकारमा रहेका दुई दलबीच विवाद भएपछि इजरायलमा ढल्यो सरकार, २ वर्षमा चौथो पटक निर्वाचन गर्ने परिस्थिति सिर्जना ।
५) र, अर्जेन्टिनी स्टार लियोनल मेस्सीले तोडे पेलेको कीर्तिमान, एकै क्लबबाट सर्वाधिक गोलकर्ता बने मेस्सी, पेलेको ६४३ गोलको रेकर्ड तोड्दै बार्सिलोनाबाट मात्रै मेस्सीको ६४४ गोल ।