काठमाडौं- मंगलबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू:
१) ओली एक्लैले बैठक बोलाउन सक्ने गरी ओलीपक्षले गर्यो सर्वसम्मतीबाट विधान संशोधन, ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा, २०७८ मंसिर २ गते महाधिवेशन गर्ने निर्णय ।
२) संसद् विघटनविरुद्ध आन्दोलनमा जाने प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठकको निर्णय, प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गरेर माधवकुमार नेपाललाई अध्यक्ष ।
३) पार्टी औपचारिक रुपमा विभाजन नहुँदै कार्यालय कब्जा गर्ने नेकपामा होडबाजी सुरु, केन्द्रीय कार्यालय धुम्बाराहीमा ताला लगाएर पार्टी कार्यालय कब्जा गर्ने प्रधानमन्त्री ओली पक्षबाट प्रारम्भ ।
४) अमेरिकामा हालसालै गरिएको साइबर हमलामा रूसको भूमिका रहेको अमेरिकाको आरोप रुसद्वारा अस्वीकार, साइबर हमलाबारे वाशिङ्गटनमा जारी सार्वजनिक बहससँग रूसको कुनै सम्लग्नता नरहेको स्पष्ट ।
५) र, फिफाका पूर्वअध्यक्ष सेप ब्लाटरविरुद्ध ‘फिफा म्युजियम प्रोजेक्ट’ मा गैरकानूनी काम गरेको भन्दै उजुरी, २०१५ मा भ्रष्टाचार काण्ड बाहिरिएपछि फिफा अध्यक्षबाट राजीनामा दिएका ब्लाटरविरुद्धको यो उजुरी दोस्रो ।