काठमाडौं- सोमबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू:
१) संसदलाई अर्थहीन बनाइएपछि प्रतिनिधिसभा विघटनको निर्णय लिएको प्रधानमन्त्री केपी शर्मा ओलीको दाबी, केपी ओली केही होइन भन्नेलाई लोकप्रियता जाँच्ने अवसर दिएको तर्क ।
२) संसद् विघटन गर्ने कदम संविधानमाथिकै आक्रमण भएको प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा र जसपाको ठहर, ’तीनवटै पार्टीको केन्द्रीय समितिको बैठकपछि थप निर्णय लिइने ।
३) संसद् विघटनविरुद्ध १२ थान निवेदन पुगे सर्वोच्च अदालत, पुस ८ का लागि पेसी तोकियो, २ निवेदन संवैधानिक इजलासमा, १० वटा निवेदन नियमित इजलासमा सुनुवाइ हुने ।
४) अमेरिकामा रिपब्लिकन र डेमोक्रेटिक पार्टीका सांसदहरुबीच झण्डै ९ खर्ब डलरको राहत प्याकेजमा सहमति, रोजगारी गुमाएकाहरुलाई बेरोजगारी बिमा रकमका साथै साप्ताहिक ३ सय डलर राहत प्रदान गर्ने ।
५) र, स्पेनिस ला लिगा फुटबलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिडको जित, इबर ३–१ गोलअन्तरले पराजित, जितसँगै शीर्ष स्थानको एथ्लेटिको मड्रिडसँग रियलको अंक बराबरी ।