काठमाडौं- बुधबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू:
१) मंगलबार ल्याइएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओली सहमत, आगामी बैठकमा अध्यक्षद्वयको संयुक्त प्रस्ताव लैजाने सहमति, अध्यक्षद्वयको आरोप–प्रत्यारोप पनि फिर्ता । ( अध्यादेश फिर्ता लिन ओली तयार )
२) नेपालमा थप १३ कोरोना संक्रमितको मृत्यु, १ हजार ७४३ पुगे मृतक, काठमाडौं उपत्यकामा ३९१ सहित ७३६ जनामा संक्रमण, २ लाख ५० हजार ९१६ पुगे संक्रमित । ( नेपालमा १ हजार ७४३ पुगे मृतक )
३) कतार रोजगारीमा सिन्डिकेटको चलखेल नभएको सरकारी अध्ययन प्रतिवेदनको निष्कर्ष, कतार रोजगारीका नाममा कामदार चरम आर्थिक शोषणमा परेको उल्लेख, श्रम सम्झौता पुनरावलोकन गर्न सुझाव । ( कतार रोजगारीमा सिन्डिकेटको चलखेल छैन )
४) पाकिस्तानमा बलात्कारको घटनामा दोषी ठहर भएका व्यक्तिलाई नपुंसक बनाउने कानुन जारी, औषधिको प्रयोगमार्फत् नपुसंक बनाउन सकिने, यौन अपराधीको राष्ट्रिय अभिलेख तयार गरिने । ( पाकिस्तानमा बलात्कारीलाई नपुसंक बनाउने कानुन )
५) र, स्पेनिस ला लिगा फुटबलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिडको जित, एथ्लेटिको विल्बाओ ३–१ गोलअन्तरले पराजित, जितसँगै रियलको लिगको शीर्ष स्थानमा रहेको रियल सोसिडाडसँग बराबरी अंक । ( रियलको जितमा करिम बेन्जिमाको दुई गोल )