काठमाडौं- सोमबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू:
१) कम्युनिष्टले जिते भने बोल्न पाइँदैन भनेको तर अहिले रुनेलाई समेत जेल हालिरहेको कांग्रेस सभापति शेरबहादुर देउवाको आरोप, प्रधानमन्त्री ओलीकै कारण सडकमा ’राजा आऊ’को नारा लागेको दाबी । ( कम्युनिष्टले रुनेलाई जेल हालिरहेको देउवाको आरोप )
२) नेपालमा थप १८ कोरोना संक्रमितको मृत्यु, १ हजार ७१६ पुगे मृतक, काठमाडौं उपत्यकामा ३३३ सहित ८२१ जनामा संक्रमण, २ लाख ४९ हजार २४४ पुगे संक्रमित । ( नेपालमा १ हजार ७१६ पुगे मृतक )
३) केही दिनको गिरावटपछि सेयर बजारमा पुनः उछाल, नेप्से सूचक अहिलेसम्मकै सर्वाधिक २०६५ दशमलब १७ अंक कायम, ७ अर्ब २० करोड रुपैयाँको कारोबार । ( फेरि पनि सर्वाधिक उचाइमा सेयर बजार )
४) अमेरिकामा फाइजरका खोप बोकेका ट्रक सैन्य सुरक्षासहित विभिन्न ६३६ स्थानतर्फ प्रस्थान, सोमबारदेखि खोप अभियान सुरु, पहिलो डोज दिएको २१ दिनको अन्तरमा अर्को डोज दिइने । (फाइजरका खोप बोकेका ट्रक गन्तव्यतर्फ )
५) र, गौतम बुद्ध कप टि–२० क्रिकेट प्रतियोगितामा राप्ती टिमको शतप्रतिशत जित, लिग चरणको अन्तिम खेलमा नारायणी एक विकेटले पराजित, राप्तीका लागि कुशल भुर्तेलले विष्फोटक ब्याटिङ । (कुशलको अर्धशतकमा राप्तीद्वारा नारायणी पराजित )