काठमाडौं- शुक्रबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू:
१) कालोसूचीका म्यानपावरसँग पैसा उठाउने बैदेशिक रोजगार विभागका तत्कालीन महानिर्देशक विश्वराज पाण्डे भ्रष्टाचारी ठहर, म्यानपार कम्पनीसँग १० लाख घुस लिएको अवस्थामा गरिएको थियो पक्राउ
२) कम्युनिस्ट आन्दोलनको भ्रष्टीकरणविरुद्ध लाग्दा आफूलाई नियोजित रुपमा फसाउन खोजिएको नेकपा प्रवक्ता श्रेष्ठको दाबी , कमानसिंह लामाको मृत्युपछि बाहिरिएको अडियाे/भिडियाे सामग्रीका विषयमा श्रेष्ठ विवादित
३) शेरबहादुर देउवा र रामचन्द्र पौडेल दोहोरिए आफूले पनि उम्मेदवारी दिने कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले प्रष्टीकरण, दोश्रो तहका नेताबीच सभापतिको उम्मेदवारी एक हुने अवस्थामा सहमतिमा पुग्न सकिने
४) जो बाइडेन र कमला ह्यारिस अमेरिकी पत्रिका ‘टाइम’को सन् २०२० को वर्ष व्यक्तिमा छनोट, भिडियो च्याट सेवा ‘जुम’ का प्रमुख कार्यकारी एरिक युआन ‘बिजनेस पर्सन अफ दि इयर’
५) र, एन्फाले गर्यो पुरुष र महिला खेलाडीको तलब वृद्धि , फिफा रेफ्रिहरुको तलबभत्ता ६ हजारबाट बढाएर १० हजार, उपाध्यक्ष उपेन्द्रमान सिंहलाई विश्वकप छनोट प्रतियोगिताको संयोजक बनाउने निर्णय