काठमाडौं- बिहीबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू:
१) अन्तर्राष्ट्रियतर्फ १० नयाँ गन्तव्यमा उडान गर्न ६ जहाज थप्ने नेपाल एयरलाइन्सको योजना, व्यवसायी योजना बोर्डबाट पारित, आन्तरिक उडान प्रभावबारी बनाउनसमेत ६ जहाज थपिने । ( ६ जहाज थप्ने नेपाल एयरलाइन्सको योजना )
२) थप १२ कोरोना संक्रमितको मृत्यु, १ हजार ६६३ पुगे मृतक, काठमाडौं उपत्यकामा ४०४ सहित १ हजार २१७ जनामा संक्रमण, २ लाख ४५ हजार ६५० पुगे संक्रमित । ( नेपालमा १६६३ पुगे मृतक )
३) प्रिमियमभन्दा साढे तीन गुणा बढी तीन अर्ब ६८ करोड रुपैयाँ बिमितद्वारा कोरोना बिमा दाबी, सरकारको टाउकोमा अर्बौंको दायित्व, अझै साढे ९ हजारले दाबी पाएनन् । ( सरकारको टाउकोमा अर्बौंको दायित्व )
४) फेसबुकविरुद्ध अमेरिकामा संघीय निकायसहित ४५ राज्यद्वारा गम्भीर मुद्दा, प्रतिस्पर्धीलाई खरिद गरेर सिध्याउने आरोपदेखि तत्काल टुक्र्याउनसम्म माग, सामाजिक सञ्जाल कम्पनीविरूद्ध अमेरिकी सरकारको अहिलेसम्मकै सबैभन्दा उल्लेख्य कदम । ( फेसबुकविरुद्ध अमेरिकामा गम्भीर मुद्दा )
५) र, गण्डकी प्रदेशको पोखरामा फागुन २० गतेदेखि हुने भनिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै मितिमा नहुने, नयाँ मिति राष्ट्रिय खेलकुद परिषदको आउँदो बोर्ड बैठकले तय गर्ने । ( राष्ट्रिय खेलकुद तोकिएको समयमा नहुने )