काठमाडौं- बुधबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू:
१) विवेकशील साझा पार्टी वैकल्पिक नभइ निर्विकल्प भएको नवगठित विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रको दाबी, पार्टी लोकतान्त्रिक हुने र प्रगतिशील एजेन्डा बोक्ने संयोजक मिलन पाण्डेको भनाइ । ( एक भए विवेकशील–साझा )
२) थप १४ कोरोना संक्रमितको मृत्यु, १ हजार ६५१ पुगे मृतक, काठमाडौं उपत्यकामा ५०७ सहित १ हजार ५६ जनामा संक्रमण, २ लाख ४४ हजार ४३३ पुगे संक्रमित । ( नेपालमा १६५१ पुगे मृतक )
३) बासमती धानको भौगोलिक संकेतको हक अधिकार स्थापित गर्न युरोपियन युनियनमा भारतको निवेदन पेश, भारतको एकल स्वामित्वमाथि नेपालको आपत्ति, ईयुमा दाबीविरोध निवेदन दिइने । ( बासमती धानमा भारतको दाबीमाथि नेपालको आपत्ति )
४) भारत केन्द्र सरकारद्वारा विवादास्पद कृषि कानुन फिर्ता लिन अस्वीकार, बुधबारको वार्ता अनिश्चित, सरकारको लिखित प्रस्तावपछि किसानहरुका बीच बैठक वसेर आगामी रणनीति तय गरिने । ( भारत सरकारसँग किसानहरुको वार्ता अनिश्चित )
५) र, इटालियन क्लब युभेन्टसद्वारा च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनामाथि शानदार जित, रोनाल्डोको दुई गोलमा बार्सिलोना ३–० गोलअन्तरले पराजित, जितसँगै युभेन्टस शीर्ष स्थानमा रहँदै समूह ‘जी’ को विजेता । ( बार्सिलोनाविरुद्ध युभेन्टसको शानदार जित )