काठमाडौं- मंगलबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू:
१) प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठकमा सरकार सच्चियो भने सडकको आन्दोलन आफैं ठीक हुने शीर्ष नेताहरुको सुझाव, सडक आन्दोलनप्रति नैतिक समर्थन रहेको राप्रपाको भनाइ । ( सरकारलाई सच्चिन शीर्ष नेताहरुको सुझाव )
२) सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले बढ्यो, नयाँ उचाइ ८ हजार ८४८ मिटर ८६ सेन्टिमिटर कायम, उचाइको विश्वसनीयताका लागि नेपाल–चीनको संयुक्त घोषणा भएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको दाबी । ( सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले बढ्यो )
३) थप २३ कोरोना संक्रमितको मृत्यु, १ हजार ६३७ पुगे मृतक, काठमाडौं उपत्यकामा ५९४ सहित १ हजार ३८२ जनामा संक्रमण, २ लाख ४३ हजार ३७७ पुगे संक्रमित । ( नेपालमा १६३७ पुगे मृतक )
४) अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले रक्षामन्त्रीको जिम्मेवारी अवकाशप्राप्त जनरल लोयड अस्टिनलाई दिने, ६७ वर्षीय अस्टिन रक्षा मन्त्रालय सम्हाल्ने पहिलो अफ्रिकी मूलका अमेरिकी हुने । ( अमेरिकी रक्षामन्त्री बन्दै अवकाशप्राप्त जनरल लोयड )
५) र, टेस्ट क्रिकेटको विश्व वरियतामा न्युजिल्यान्डका कप्तान केन विलियम्सनले उछिने भारतीय कप्तान विराट कोहलीलाई, ब्याटिङ वरियतामा केन विलियम्सन दोस्रो स्थानमा, शीर्ष स्थानमा भने अस्ट्रेलियाका स्टेभ स्मिथ । ( टेस्ट वरियतामा विराटलाई उछिने केन विलियम्सनले )