काठमाडौं- सोमबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू:
१) राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्दा प्रतिलिपी अधिकार उल्लंघन भएको शिक्षा मन्त्रालयको दाबी, आयोगका बहुमत पूर्वसदस्यले सार्वजनिक गरेको प्रतिवदेनमा आपत्ति जनाउँदै कारबाही प्रक्रिया अगाडि बढाइएको मन्त्रालयद्वारा जानकारी
२) नेपालमा थप २० कोरोना संक्रमितको मृत्यु, १ हजार ६१४ पुगे मृतक, काठमाडौं उपत्यकामा ४४२ सहित १ हजार १४ जनामा संक्रमण, २ लाख ४१ हजार ९९५ पुगे संक्रमित
३) दोस्रो बजारमा नकारात्मक सर्किट ब्रेक लागेको भोलिपल्टै ७२ दशमलव २८ अंकको सुधार, नेप्से सूचक २००४ दशमलव ३९ अंकमा रोकियो, ६ अर्ब ६१ करोड रुपैयाँको कारोबार
४) भारतमा नयाँ कृषि कानुनको विरोधमा ८ डिसेम्बरमा आयोजना गरिएको ‘भारत बन्द’ लाई भारतीय विपक्षी राजनीतिक दलहरुले समर्थन, बन्द आयोजना गरिएकै दिन किसानसँग वार्ताको तयारी
५) र, एन्फिल्डमा कोरोना माहामारीका कारण गएको मार्चपछि पहिलोपटक दर्शकसहितको खेल, लिभरपुलमा फर्किए दर्शक, दर्शकको उपश्थितिले उत्साह र रोमाञ्चकता थपेको लिभरपुल प्रशिक्षक योर्गेन क्लोपको प्रतिक्रिया
पूरा समाचार भिडियोमा