काठमाडौं- आइतबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू:
१) प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीको उपस्थितिबिनै नेकपा पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटीको अर्को बैठक मंसिर २८ मा बस्ने, केन्द्रीय कमिटी पुस ५ मा बोलाइयो । ( ओलीबिनै सकियो नेकपा स्थायी कमिटी बैठक )
२) थप १७ कोरोना संक्रमितको मृत्यु, १ हजार ५९४ पुगे मृतक, काठमाडौं उपत्यकामा ४८४ सहित १ हजार ९६ जनामा संक्रमण, २ लाख ४० हजार ९८१ पुगे संक्रमित । ( नेपालमा १५९४ पुगे मृतक )
३) केही समयदेखि अस्वभाविक रुपमा सुधारिएको सेयर बजारमा आइतबार नकारात्मक सर्किट, नेप्से सूचक १२३ दशमलब २३ अंकले ओरालो झ¥यो, ७ अर्ब २० करोड रुपैयाँको कारोबार । ( सेयर बजारमा नकारात्मक सर्किट )
४) बंगलादेशमा रोहिंग्या शरणार्थीलाई दबाबमा पारी बङ्गालको खाडी नजिकको टापूमा सार्न लागेकोप्रति संयुक्त राष्ट्रसंघको चासो, अनिच्छा प्रकट गरे उनीहरूलाई कोक्स बजारको शिविरहरूमा बस्न दिइनुपर्ने उल्लेख । ( रोहिंग्या शरणार्थीको स्थानान्तरणप्रति राष्ट्रसंघको चासो )
५) र, स्पेनिस ला लिगा फुटबलमा सन् १९९१ पछि पहिलो पटक काडिजसँग बार्सिलोना २–१ गोलअन्तरले पराजित, जितसँगै काडिज १२ खेलबाट १८ अंक सहित लिगको पाँचौ स्थानमा उक्लियो । ( काडिजसँग बार्सिलोना पराजित )