काठमाडौं- शनिबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू:
१) नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सचिवालयको बैठकमा पेस गरेको प्रस्तावहरु स्थायी कमिटीमा छलफल गरिने, बैठक आइतबार दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने । ( अध्यक्षद्वयको प्रस्ताव स्थायी कमिटीमा छलफल गरिने )
२) थप १० कोरोना संक्रमितको मृत्यु, १ हजार ५७७ पुगे मृतक, देशभर १ हजार २४ जनामा संक्रमण, २ लाख ३९ हजार ८८५ पुगे संक्रमित । ( नेपालमा १५७७ पुगे मृतक )
३) कोरोना भ्याक्सिनको खोप नेपाल भित्र्याउन, भण्डारण गर्ने, प्रयोगमा ल्याउन तथा उचित व्यवस्थापनका लागि द्रुत कार्ययोजना पारित, आठवटा समिति गठन, खोप व्यवस्थापनका लागि छुट्टै सचिवालयको व्यवस्थापन । ( कोरोना भ्याक्सिनका लागि द्रुत कार्ययोजना पारित )
४) अमेरिकामा चिनियाँ अधिकारीमाथि निगरानी र प्रतिबन्ध बढ्यो, चीनमा मानव अधिकार हननको खुलासा गर्नेहरुलाई यातना दिने अधिकारीहरुविरुद्ध पनि अमेरिकाले लगायो प्रतिबन्ध । ( अमेरिकामा चिनियाँ अधिकारीमाथि प्रतिबन्ध बढ्यो )
५) र, इटालियन सिरी ए फुटबल क्लब नापोलीले स्टेडिओ सान पाओलोका रूपमा चिनिदै आएको रंगशालाको नाम परिवर्तन, म्याराडोनाको सम्मानस्वरुप अब स्टेडिओ डिएगो अर्मान्डो म्याराडोना हुने । ( नापोलीको रंगशालालाई म्यारोडोनाको नाम )