काठमाडौं- बिहीबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) नेपाल र भारतबीचको सम्बन्ध अब सुधारतर्फ अघि बढेको भारतीय विदेशमन्त्री एस जयशंकरको भनाई, विगतमा रहेका समस्याबाट दुवै देश अघि बढ्ने निर्णय भएको दाबी (नेपाल–भारत सम्बन्ध सुधार भएकव भारत पक्षको दाबी)
२) नेकपाको आन्तरिक विवाद उत्कर्षमा, औपचारिक र अनौपचारिक संवाद रोकियो, सवै विषय ओलीसँग जोडिएकाले बैठकमा उपस्थित हुन उनलाई तीन दिनको समय दिएको अर्को पक्षको तर्क (नेकपामा फेरि संवादहीनता)
३) राजस्व अनुसन्धान विभागले लियोे मेची भन्सारबाट जाँचपास भएका ६ वटा ट्रक नियन्त्रणमा, गाडीमा ल्याइएका सामान न्यून बिजकीकरण गरी नेपाल भित्राएको आशंका (भन्सार पास ६ गाडी राजस्वको नियन्त्रणमा)
४) सन् २०५० सम्ममा कार्बन तटस्थताको आफ्नो लक्ष्य पूरा गर्ने उद्देश्यमा जापान सक्रिय, आगामी पन्ध्र वर्षभित्रै पेट्रोल कारको बिक्री बन्द गर्ने योजना सार्वजनिक गर्दै (पेट्रोल कार बन्दै जापान)
५) र, इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिग फुटबलमा जित, घरेलु टिम युभेन्टसको जितमा क्रिस्टयानो रोनाल्डो, फेडेरिको चिसा र अल्भारो मोरटाले गरे गोल, यससँगै रोनाल्डोको ७५० गोल पूरा (रोनाल्डोको ७५० गोल)