काठमाडौं- आइतबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) नेपाल उद्योग वाणिज्य महासघको ५४ औं साधारण सभाबाट व्यवसायी चन्द्रप्रसाद ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित, मतपरिणाम घोषणासँगै प्यानल तोडेर व्यवसायीको हितमा काम गर्ने प्रतिवद्धता । (महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल विजयी)
२) थप २५ कोरोना संक्रमितको मृत्यु, १ हजार ४७९ पुगे मृतक, काठमाडौं उपत्यकामा ५४८ सहित १ हजार २५५ जनामा संक्रमण, २ लाख ३१ हजार ९७८ पुगे संक्रमित । (नेपालमा १४७९ पुगे मृतक)
३) वाणिज्य बैंकको बुलले नेप्से सूचक एकै दिन ७५ दशमलव ०२ अंकले सुधार, नेप्से सूचक, कारोबार रकम र बजार पुँजीकरण तीनवटैमा नयाँ रेकर्ड । ( हरेक दिन नयाँ रेकर्ड )
४) अमेरिकी राष्ट्रपति ट्रम्पले हारे हुलाकमार्फत् गरिएको मतदानमा धाँधली भएको भन्दै हुलाकबाट मतदान गर्ने ऐनविरुद्धको मुद्दा, ट्रम्प अभियानका तर्फबाट दायर गरिएको मुद्दा पेन्सिलभेनियाको सर्वोच्च अदालतबाट खारेज । ( हुलाक मतको मुद्दामा पनि हारे ट्रम्प )
५) र, साग खेलकुदको खर्च एक वर्षपछि सार्वजनिक, कार्यक्रमतर्फ १ अर्ब, ३१ करोड, ७८ लाख, र निर्माणतर्फ २ अर्ब, ८६ करोड, १४ लाख रुपैयाँ खर्च, प्रत्यक्षप्रसारण बेचेको रकम ‘चेक बाउन्स’ । ( साग खेलकुदको खर्च एक वर्षपछि सार्वजनिक )