काठमाडौं- शनिबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) नेकपाको सचिवालय बैठकमा अध्यक्ष ओलीद्वारा आफूलाई लगाइएको आरोपको प्रतिवाद पेश, कि आरोप पुष्टि गरेर आफूलाई कारबाही गर्न, कि पार्टी एकता भंग गर्ने धृष्टताको जवाफदेही बन्न प्रचण्डलाई चुनौती । ( प्रचण्डलाई ओलीको चुनौती )
२) थप १९ कोरोना संक्रमितको मृत्यु, १ हजार ४५४ पुगे मृतक, काठमाडौं उपत्यकामा ६४५ सहित १ हजार ३८० जनामा संक्रमण, २ लाख ३० हजार ७२३ पुगे संक्रमित । ( नेपालमा १४५४ पुगे मृतक )
३) श्रम स्वीकृति लिएर मात्रै टिकट लिन वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचलको आग्रह, सेवाग्राहीहरुको चाप बढ्दै गएकाले श्रम स्वीकृति हुन नसके कार्यालय जवाफदेही नहुने उल्लेख । ( श्रम स्वीकृतिपछि मात्रै टिकट लिन आग्रह )
४) इरानमा शीर्ष परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको हत्या, ‘राज्य प्रायोजित आतंकको घटना’ भएको इरानको आरोप, हत्याको बदला लिने विदेशमन्त्री मोहम्मद जवाद जरीफको चेतावनी । ( इरानमा शीर्ष परमाणु वैज्ञानिकको हत्या )
५) र, घरेलु टिम दक्षिण अफ्रिकाविरुद्धको पहिलो टी–ट्वान्टी क्रिकेटमा इङ्ल्यान्डको जित, दक्षिण अफ्रिका पाँच विकेटले पराजित, इङ्ल्यान्डका लागि जोनी बेरेस्टोले अर्धशतकीय पारी खेले । ( दक्षिण अफ्रिकाविरुद्ध इङ्ल्यान्डको जित )