काठमाडौं- बिहीबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) कोभिड—१९ बाट पार पाउन सरकार निरन्तर लागि परेको छ – प्रधानमन्त्रीब१) नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ वार्षिक साधारण सभा आजदेखि सुरु, सरकार मनको गरिब नभएको प्रधानमन्त्री ओलीको दाबी, व्यवसायीलाई गच्छेअनुसार सहयोग गर्ने प्रतिवद्धता । ( सरकार मनको गरिब होइन ः प्रधानमन्त्री )
२) थप २३ कोरोना संक्रमितको मृत्यु, १ हजार ४१२ पुगे मृतक, काठमाडौं उपत्यकामा ७८५ सहित १ हजार ६१४ जनामा संक्रमण, २ लाख २७ हजार ६४० पुगे संक्रमित । ( नेपालमा १४१२ पुगे मृतक )
३) शेयर बजारले बिहीबार नेप्से सूचक र कारोबार रकम दुबैमा नयाँ रेकर्ड बनायो, सर्वाधिक १८९३.२४ अंक सहित ७ अर्ब ६१ करोडको कारोबार । ( नेप्से सूचक र कारोबार रकममा रेकर्ड )
४) भारतको केन्द्रीय राजधानी दिल्ली प्रदेशमा कोरोनाभाइरस विरुद्धको खोप नआउदासम्म विद्यालय बन्द रहने, कोरोनाविरुद्धको खोप नआउँदै विद्यालय खोल्नु घातक हुने निष्कर्ष । ( खोप नआउँदासम्म दिल्लीका विद्यालय बन्द )
५) र, आठ महिनासम्म रोकिएको नेपाली क्रिकेट मैदान फर्कियो, आइसिसी विश्वकप क्रिकेट लिग–२ को सिरिजलाई मध्यनजर गर्दै बन्द प्रशिक्षण सुरु, प्रशिक्षणको पहिलो सूचिमा पाँच खेलाडी थप । ( मैदान फर्कियो क्रिकेट )