काठमाडौं- बुधबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) युवाहरुलाई कतार पुलिसमा रोजगारीको प्रलोभन देखाएर अनधिकृत रुपमा अन्तर्वार्ता लिने ३ वटा म्यानपावर कम्पनीहरुको कारोबार रोक्का, थालियो अनुसन्धान । ( थालियो अनुसन्धान )
२) थप २८ कोरोना संक्रमितको मृत्यु, १ हजार ३८९ पुगे मृतक, काठमाडौं उपत्यकामा ८३५ सहित १ हजार ९४८ जनामा संक्रमण, २ लाख २६ हजार २६ पुगे संक्रमित । ( नेपालमा १३८९ पुगे मृतक )
३) बालिका हत्याको विरोधमा घाइते बर्दिवास–१ का बुद्धिराज न्यौपानेको मृत्युपछि बर्दिवासमा फेरि चर्कियो आन्दोलन, आज बिहान ९ देखि बिहीबार बिहान ६ बजेसम्मका लागि निशेषाज्ञा जारी । ( घाइतेको मृत्युपछि फेरि चर्कियो आन्दोलन )
४) जापान सागरस्थित रुसी जलक्षेत्रमा प्रवेश गरेको अमेरिकी जलसेनाको जहाजलाई आफ्नो युद्धपोतले मङ्गलवार लखेटेको रुसको दाबी, ’जहाज ध्वस्त पारिदिने रुसको चेतावनी’, अमेरिकी जलसेनाद्वारा रुसी आरोपको खण्डन । ( अमेरिकीे जहाज ध्वस्त पार्ने रुसको चेतावनी )
५) र, नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का ‘आइसिसी एसोसिएट प्लेयर अफ दि डिकेड’ अवार्डका लागि मनोनयनमा, मनोनयनमा परेका खेलाडीलाई आइसिसीको वेबसाइटमा गएर भोट गर्न सकिने । ( एसोसिएट प्लेयर अफ दि डिकेड’को मनोनयनमा पारस )