काठमाडौं- मंगलबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) युवाहरुलाई कतार रोजगारीमा पठाउने प्रलोभनमा अनधिकृत अन्तर्वार्ता लिइरहेको होप इन्टरनेशनल म्यानपावर कम्पनीमा वैदेशिक रोजगार विभागको छापा, नेपालस्थित विदेशी दूतावासको गाडी भेटियो । ( अनधिकृत अन्तर्वार्ता लिइरहेको ठाउँमा दूतावासको गाडी )
२) थप २४ कोरोना संक्रमितको मृत्यु, १ हजार ३६१ पुगे मृतक, काठमाडौं उपत्यकामा ९४७ सहित १ हजार ७९० जनामा संक्रमण, २ लाख २४ हजार ७८ पुगे संक्रमित । ( नेपालमा १३६१ पुगे मृतक )
३) शैलुङ इन्टरप्राइजेज कम्पनी लिमिटेडसँग गरेको रासायनिक मलको दोश्रो ठेक्का सम्झौता पनि रद्द, जमानत जफतको प्रकृया अगाडि बढाइसकेको कृषि सामग्री कम्पनीद्वारा जानकारी । ( दोस्रो ठेक्का पनि रद्द )
४) पाकिस्तान प्रशासित गिलगित बल्तिस्तानमा हालै भएको निर्वाचनमा धाँधली भएको भन्दै हिंसा भड्कियो, मुख्य निर्वाचन आयुक्तले उजुरी सुनिरहेको समयमा विपक्षीहरुले हिसा भड्काएको सरकारको आरोप । ( पाकिस्तानको गिलगित बल्तिस्तानमा भड्कियो हिंसा )
५) र, लामो समय रोकिएको नेपाली क्रिकेट मैदान फर्कने तयारीमा, बन्द प्रशिक्षणका लागि मंगलबार कोरोना परीक्षण गर्न स्वाव संकलन, एक महिनाभित्र मुख्य प्रशिक्षक पाउने । ( फर्किंदै नेपाली क्रिक