काठमाडौं- सोमबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) संसदको हिउँदे अधिवेशन सुरु गर्न आफूहरु तयार रहेको सभामुख अग्निप्रसाद सापकोटाको प्रतिक्रिया, कोरोना महामारीको समयमा संसद चलाउन विभिन्न विकल्पसहित सचिवालयले तयारी गरिरहेको उल्लेख । ( संसद बोलाउन तयार रहेको सभामुखद्वारा जानकारी )
२) थप १६ कोरोना संक्रमितको मृत्यु, १ हजार ३३७ पुगे मृतक, काठमाडौं उपत्यकामा १ हजार ७ सहित १ हजार ९८० जनामा संक्रमण, २ लाख २२ हजार २८८ पुगे संक्रमित । ( नेपालमा १३३७ पुगे मृतक )
३) सरकारको अनुमतिविना सरकारी कर्मचारीले लोकसेवाको तयारी कक्षा पढाउन नपाउने, कुनै मन्त्रालय वा निकायबाट कर्मचारीलाई स्वीकृति दिइएको भए पनि मंसिर ७ देखि नै निष्क्रिय हुने । ( सरकारको अनुमति अनिवार्य )
४) अमेरिकी विदेश मन्त्रीमा सल्लाहकार सहयोगी एन्टोनी ब्लिन्केनलाई मनोनयन गर्ने जो बाइडेन प्रशासनको सम्भावना, विदेश नीतिमा आएको ह्रासलाई सच्याएर नयाँ रुपमा अमेरिकालाई उभ्याउनु पर्ने चुनौती । ( अमेरिकी विदेश मन्त्रीमा एन्टोनीको संभावना )
५) र, इटालियन सिरि ए फुटबलमा लिग लिडर एसी मिलानको जित, नापोली ३–१ गोल अन्तरले पराजित, एसी मिलानको जितमा इब्राहिमोभिचको दुई गोल । ( नापोलीविरुद्ध एसी मिलानको जित )