काठमाडौं- शनिबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) कोभिडका बिरामीमा रेम्डेसिभिर प्रयोगबारे डब्लुएचओ र सरकारको कुरा बाझियो, डब्लुएचओले रेम्डिसिभिर नचलाउन भने पनि औषधि व्यवस्था विभाग भन्छ– प्रयोग जारी रहन्छ । ( कुरा बाझियो )
२) थप ७ कोरोना संक्रमितको मृत्यु, १ हजार ३०५ पुगे मृतक, काठमाडौं उपत्यकामा ८९९ सहित १ हजार ६७४ जनामा संक्रमण, २ लाख १८ हजार ६३९ पुगे संक्रमित । ( नेपालमा १३०५ पुगे मृतक )
३) व्यवसाय निरन्तरताका लागि सहुलियतपूर्ण कर्जा कार्यविधिअनुसार मंसिर १० बाट आवेदन माग हुने, कोभिडको प्रभाव हेरी ५ देखि १० करोडसम्म दिइने । ( व्यवसाय निरन्तरताका लागि ऋण दिइँदै )
४) फाइजर र जर्मन कम्पनी बायोएनटेकले निर्माण गरेको कोरोना भाइरसविरूद्धको भ्याक्सिन आपतकालीन प्रयोगका लागि अनुमति माग्ने तयारी, कम्पनीद्वारा ‘सुरूङको अन्त्यमा भएको उज्यालो’ को संज्ञा । ( आपत्कालीन प्रयोगको अनुमति माग्दै फाइजर )
५) र, फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन मोनाकोसँग ३–२ गोल अन्तरले पराजित, पीएसजी २४ अंक जोडेर शीर्ष स्थानमा यथावत । ( एमबाप्पेको दुई गोल, पीएसजी पराजित )