काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहित नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरू:
१) आफूलाई सहयोग गर्न वामदेव गौतमसँग नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको प्रस्ताव, प्रधानमन्त्री ओलीबाट नै नेताहरूप्रति अपमानजनक व्यवहार भएकाले त्यस्ता कदम सच्याउन गौतमको सुझाव
२) नेपालमा थप ६ कोरोना संक्रमितको मृत्यु, १ हजार २२१ पुगे मृतक, काठमाडौं उपत्यकामा ८०७ सहित १ हजार ४७७ जनामा संक्रमण, २ लाख ९ हजार ७७६ पुगे संक्रमित
३) भाइटीकाका लागि मंसिर १ र २ गते बालगोपालेश्वर मन्दिरमा दर्शनको व्यवस्था, स्वयमसेवक परिचालन गरी दर्शनार्थीको ज्वरो नाप्ने र मास्क समेत वितरण गर्ने महानगरको तयारी
४) अमेरिकी राष्ट्रपतीय चुनावमा पराजित डोनाल्ड ट्रम्पको सर्मथनमा निकालिएको र्यालीमा ट्रम्प सर्मथक र विपक्षीबीच झडप, ट्रम्प समर्थक र्यालीमा उग्रदक्षिणपन्थी प्राउड बोइज सङ्गठनका सदस्यहरूले भाग लिएको दाबी
५) र, नेसन्स लिग फुटबलमा स्वीट्जरल्यान्डसँग स्पेन १–१ गोलको बराबरीमा रोकियो, कप्तान रामोस दुई पेनाल्टीमा चुक्दा १० खेलाडीमा सीमित स्वीट्जरल्यान्डलाई फाइदा
पूरा समाचार भिडियोमा