काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहित नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरू:
१) निजी ल्याबको गलत रिपोर्टका कारण हङकङ उडानमा बारम्बार प्रतिबन्ध लागेपछि नेपाल एयरलाइन्सको नयाँ निर्णय, नेपाल एयरलाइन्सको हङकङ उडानमा सरकारी ल्याब रिपोर्टलाई मात्रै मान्यता
२) नेपालमा थप १३ कोरोना संक्रमितको मृत्यु, १ हजार २१५ पुगे मृतक, काठमाडौं उपत्यकामा ८३५ सहित १ हजार ९४६ जनामा संक्रमण, २ लाख ८ हजार २९९ पुगे संक्रमित
३) तिहारका लागि कात्तिकमा मात्रै भित्रियो १२ लाख केजी नरिवल र साढे २ लाख केजी काजु, केही वस्तुको आयात घट्यो, केहीको बढ्यो
४) राष्ट्रपति चुनावमा पराजयपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो सार्वजनिक सम्बोधन, देशमा कुन प्रशासन हुनेछ भन्नेबारे भविष्यले नै बताउने प्रतिक्रिया
५) र, फिफा विश्वकप फुटबलको छनोटमा भेनेजुएलाविरुद्ध ब्राजिलको संघर्षपूर्ण जित, फिर्मिन्होको गोलमा भेनेजुएयला १–० गोलअन्तरले पराजित, जितसँगै ब्राजिल दक्षिण अमेरिकी छनोटको शीर्ष स्थानमा
थप समाचार भिडियोमा