काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहित नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरू:
१) बैतडीमा खोड्पेमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, ४३ घाइते, १२ जनाको अवस्था गम्भीर, घुम्तीमा स्टार्ट बन्द हुँदा६ सय मिटर तल खस्यो बस (बस दुर्घटनामा ९ को मृत्यु)
२) नेकपा सचिवालयको बैठक मंसिर ३ गते दिउँसो १ बजे बस्ने गरी स्थगित, विवादका क्रममा अध्यक्षद्वयदारा आदान–प्रदान पत्र अध्ययनका लागि सदस्यहरुलाई वितरण (नेकपा विवाद)
३) नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख नाघ्यो, मृतको संख्या पनि १२ सय भन्दा बढी, एकैदिन २ हजार १ सय ११ जनामा कोरोनासंक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २ लाख ६ हजार ३५३ (संक्रमितको संख्या दुई लाख भन्दा बढी)
४) इजिप्टको शान्ति सम्झौताको अनुगमनमा खटिएको शान्ति सेना सवार हेलिकोप्टर दुर्घटनाग्रस्त, लाल समुन्द्रको किनारी शहरमा दुर्घघटना हुदाँ ७ सैनिकको मृत्यु, ८ घाइते (सैनिक हेलिकोप्टर दुर्घटना)
५) युरो कप खेल्ने टिमको लाग्यो टुङ्गो, जर्मनी र फ्रान्स एकै समुहमा पर्दा इंगल्याण्ड र क्रोसियामा पनि एकै समुहमा (युरो कप)