काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहित नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरू:
१) जनक शिक्षाको कागज खरिदमा ओम्नी छिरेपछि मुद्दा लम्बियो, कक्षा ९ र १० को पुस्तक छपाइ अन्योल, सरकारी विद्यालयका विद्यार्थीहरु समयमा पुस्तक पाउनबाट वञ्चित । ( जनक शिक्षाको कागज खरिदमा ओम्नीको झमेला )
२) थप २२ कोरोना संक्रमितको मृत्यु, १ हजार १४८ पुगे मृतक, काठमाडौं उपत्यकामा १ हजार ३१५ सहित २ हजार ७३६ जनामा संक्रमण, १ लाख ९९ हजार ७६० पुगे संक्रमित । ( नेपालमा ११४८ पुगे मृतक )
३) अदालतलाई विजयप्रकाश मिश्रको जवाफ– ’आइफोन ८ प्लस’मा रेकर्ड गरेको हुँ, मन्त्रिपरिषदबाट पटक–पटक निर्णय गराइ नीतिगत भ्रष्टाचारको आधार तयार गरिएको तर्क । ( अदालतलाई विजयप्रकाश मिश्रको जवाफ )
४) जारी सैन्य द्वन्द्व अन्त्य गर्न रुस, अजरबैजान र आर्मेनियाबीच शान्ति सम्झौतामा हस्ताक्षर, युद्धका क्रममा नियन्त्रणमा लिइएको नागोर्नो काराबाख क्षेत्र अजरबैजानले प्राप्त गर्ने । ( रुस, अजरबैजान र आर्मेनियाबीच शान्ति सम्झौता )
५) र, नौं महिनादेखिको कोरोना महामारीले वर्षभरीको खेल तालिका प्रभावित, खेलाडीदेखि पदाधिकारीसम्ममा नैराश्यता, नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको टुंगो बोर्ड बैठकपछि मात्र तय हुने । ( कोरोनाले वर्षभरीको खेल तालिका प्रभावित )