काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहित नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरू:
१) पर्यटकीय गतिविधि खुला गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिस, विदेशबाट उद्धार उडान नहुने, केही दिनको अवस्था हेरेर विद्यालय सञ्चालनको सिफारिस गरिने । ( विदेशबाट उद्धार उडान नहुने )
२) नेपालमा थप २१ कोरोना संक्रमितको मृत्यु, ११०८ पुगे मृतक, काठमाडौं उपत्यकामा १ हजार ५३३ सहित २ हजार ८१७ जनामा संक्रमण, १ लाख ९४ हजार ४५३ पुगे संक्रमित । ( नेपालमा ११०८ पुगे मृतक )
३) अन्तर्राष्ट्रिय अदालतमा एनसेलसँग कर मुद्दा लड्न सरकारले पठायो २९ करोड रूपैयाँ, सर्वोच्चबाट टुंगिएको कर विवादको मुद्दा इन्टरनेसनल सेन्टर फर द सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युटमा चल्दै । ( एनसेलसँग मुद्दा लड्न सरकारले पठायो रकम )
४) अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि जो बाइडेनको पहिलो संवोधन, कुनै पार्टीको नभइ अमेरिकाको राष्ट्रपति भएको भनाइ, आफ्नो जित सबै नागरिकको जित भएको प्रतिक्रिया । ( बाइडेनको पहिलो संवोधन )
५) र, इन्डियन प्रिमियर लिगमा दिल्लीले दोस्रो क्वालिफायर खेल्नुअघि सन्दिप लामिछानेको सांकेतिक ट्वीट– आफ्नो नियन्त्रण नहुने कुरामा धेरै सोच्न नसकिने प्रतिक्रिया । ( संन्दिपको सांकेतिक ट्वीट )