काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहित नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरू:
१) नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले बोलाए सचिवालय बैठक, औपचारिक बैठक राखे पार्टी फुटको प्रस्थानबिन्दु हुने ओलीको चेतावनीपछि छलफल अनौपचारिक, ओली पक्षका सचिवालय सदस्य अनुपस्थित –नेकपामा बढ्दो विवाद)
२) कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा लैजाने स्वास्थ्य मन्त्रालयको तयारी, कोरोना संक्रमितको निःशुल्क परीक्षण र उपचार गर्न सर्वोच्चले दिएको आदेश कार्यान्वयन हुने (कोरोना संक्रमणको उपचार निःशुल्क )
३) नेपालमा थप १८ जना कोरोना संक्रमितको मृत्यु, संक्रमित मृतकको संख्या पुग्यो १ हजार ७०, शुक्रबार थप ४५ सय जना कोरोना संक्रमणमुक्त, कुल निको हुनेको संख्या १ लाख ५२ हजार ९०८ पुग्यो –तथ्यांकमा कोरोना संक्रमण)
४) निर्वाचनमा धाँधली भएको आरोप लगाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी अदालतबाट अस्वीकार, संघीय अदालतमा दिएका उजुरीहरु एकपछि अर्को गर्दै खारेज, ट्रम्पले अग्रता लिएको केही राज्यमा समेत बाइडेनले जित्ने अनुमान ( ट्रम्प अदालतबाट पनि निराश)
५) र, साविक विजेता मुम्बई इन्डियन्स जारी आइपिएल क्रिकेटको फाइनलमा प्रवेश, प्ले अफको पहिलो क्वालिफायर खेलमा दिल्ली क्यापिटल्स मुम्बइसँग ५७ रनले पराजित (मुम्बइ इन्डियन्स फाइनलमा)