काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहित नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरू:
१) मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीको सन्देश, पार्टीभित्र विकसित सबै राजनीतिक घटनाक्रमको दह्रो प्रतिवाद गर्ने चेतावनी, प्रचण्ड–नेपालले गरे पेरिसडाँडामा कानून विद्संग परामर्श । ( मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीको सन्देश )
२) थप १८ कोरोना संक्रमितको मृत्यु, १०५२ पुगे मृतक, काठमाडौं उपत्यकामा १ हजार ३९८ सहित ३ हजार ५१ जनामा संक्रमण, एक लाख ८५ हजार ९७४ पुगे संक्रमित । ( नेपालमा १०५२ पुगे मृतक )
३) कोरोना परीक्षण र उपचारमा शुल्क लिन पाउनुपर्ने सरकारको माग सर्वोच्चद्वारा खारेज, निवेदन खारेजसँगै कोभिड– १९ को जाँच र उपचार सरकारले निःशुल्क गर्नुपर्ने । ( सरकारको माग सर्वोच्चद्वारा खारेज )
४) एकपछि अर्को मतगणना रोक्न माग गर्दै ट्रम्प पक्ष अदालतमा, पेन्सिलभेनिया र मिसिगनपछि जर्जियामा समेत मतगणना रोक्न माग, पेन्सिलभेनियाका गभर्नरद्वारा मतगणना स्थगित गर्न अस्वीकार । ( मतगणना रोक्न माग गर्दै ट्रम्प पक्ष अदालतमा )
५) र, च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाको लगातार तेस्रो जित, डाइनामो किभ २–१ गोलअन्तरले पराजित, शतप्रतिशत जित निकाल्दै ९ अंकसहित बार्सिलोना समूह ‘जी’ को शीर्ष स्थानमा । ( बार्सिलोनाको लगातार तेस्रो जित )