काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहित नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरू:
१ ) नेकपामा अध्यक्षद्वय बीच संवादहीनता, ओलीको सन्देश लिएर प्रचण्डनिवास पुगे परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, डेढ घण्टा छलफल भएको प्रचण्डको सचिवालयद्वारा जानकारी (प्रचण्ड निवासमा ओलीदूत)
२) पछिल्लो २४ घण्टामा देशभर १६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको सख्या पुग्यो ९२८, ३ हजार ५१७ जना कोरोना संक्रमित थपिँदा उपत्यकामा मात्रै १ हजार ८ सय ८८ (कोरोना कहर कायमै)
३) रासायनिक मलमा सरकारले पनि झुक्यायो, बंगलादेशसँग पैचो मागिएको मलको अझै सम्झौता भएन, शैलुङले ल्याउने ३० हजार मेट्रिक टन मलको दोस्रो ठेक्का पनि अलपत्र (सरकारको पनि आश्वासन मात्रै)
४) फ्रान्सको नीस सहरको एक चर्चमा चक्कु प्रहार गरी ३ जनाको हत्या, ट्युनिसियाबाट इटली हुँदै फ्रान्स पुगेका २१ वर्षीय युवकले आक्रमण गरेको पुष्टि, इटालीले देश छाड्न आदेश दिएपछि फ्रान्स पुगेको जानकारी ( चर्चमा आक्रमण)
५) र, कोरोना माहामारीका कारण सात महिनापछि फुटबलमा चहलपहल सुरु, बंगलादेशको राष्ट्रिय फुटबल टिमबीच मैत्रीपूर्ण खेल खेल्न नेपाली खेलाडीहरु अभ्यासमा जुटे, ५ खेलाडिमा भने कोरोना पोजेटिभ (मैदान फर्के फुटबल खेलाडि )