काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहित नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरू:
१) पछिल्लो २४ घन्टायता २६ जना कोरोना संक्रमितको मृत्यु , मृतकको संख्या पुग्यो ७ सय ९१, एकैदिन हालसम्मकै धेरै पाँच हजार भन्दा बढी थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ (कोरोनाको नयाँ रेकर्ड)
२) कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि, सम्बन्धित विद्यालयमा उपस्थित हुन नसकेका विद्यार्थीले नजिकैको केन्द्रबाट परीक्षा दिन सक्ने, लिखित परीक्षा ४० प्रतिशतको मात्रै, ४० प्रतिशत कक्षा ११ को मूल्याङ्कन र २० प्रतिशत विद्यालयले दिने
३) नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालले दर्ता गराए उम्मेदवारी, ढकाल प्यानलबाट वस्तुगतमा उमेशलाल श्रेष्ठ, जिल्लानगरमा गुणनिधि तिवारी र एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघाई चुनावी मैदानमा (उद्यागी व्यवसायीमा चुनावी रौनक)
४) चीनमा व्यापार गर्ने अमेरिकी कम्पनीको आलोचना गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा आफ्नो बैँक खाता चिनियाँ बैँकमा भएको स्वीकार, उक्त खातामार्फत् इन्टरनेशनल होटलको म्यानेजमेन्ट नियन्त्रण गर्ने गरेको खुलासा (चीनमा ट्रम्पको खाता)
५) र, इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब सेभियाको गोलरहित बराबरी, अर्को खेलमा बोरुसिया डर्टमन्ड लाजियोसँग ३–१ गोलअन्तरले पराजित (गोलरहित चेल्सी र सेभिया)