काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहित नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरू:
१) बाँस्कोटामाथि अनुसन्धान गर्न प्रमाण नपुगेको लेखा समितिलाई अख्तियारको जवाफ, विजयप्रसाद मिश्रको अडियो र भिडियो पूर्ण प्राप्त नहुँदा थप अनुसन्धान हुन नसेकको तर्क । ( बाँस्कोटालाई उन्मुक्ति दिने अख्तियारको संकेत )
२) नेपालमा थप ८ कोरोना संक्रमितको मृत्यु, ७६५ पुगे मृतक, काठमाडौं उपत्यकामा १ हजार ७०२ सहित ३ हजार ९३ जनामा संक्रमण, १ लाख ३९ हजार १२९ पुगे संक्रमित । ( नेपालमा ७६५ पुगे मृतक )
३) वाइनमा अंगुरको सट्टा सस्ता फलफूल र खाद्यान्नसमेत मिसाउँदा गुणस्तरमाथि प्रश्न उठेको राजश्व विभागको भनाइ, बियरपछि वाइनको गुणस्तर पनि छानबिन हुँदै । ( बियरपछि वाइनको गुणस्तर छानबिन हुँदै )
४) पूर्वी लद्दाखस्थित सीमा क्षेत्रबाट एक चिनियाँ सैनिकलाई नियन्त्रणमा लिएको भारतीय सेनाद्वारा जानकारी, चिनियाँ सैनिक फिर्ता पठाउने प्रतिबद्धता पूरा गर्न भारतलाई चीनको आग्रह । ( चिनियाँ सैनिक भारतीय सेनाको नियन्त्रणमा )
५) र, टोकियो ओलम्पिक्स रुसी ह्याकरहरूको निशानामा परेको बेलायतको भनाइ, रुसको जीआरयू सैन्य गुप्तचरले ’आफ्नो प्रभाव बाहिरका अधिकारी र सङ्गठनविरूद्ध’ साइबर हमला गरेको दाबी । ( टोकियो ओलम्पिक्स रुसी ह्याकरहरूको निशानामा )