काठमाडौं- आइतबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) अब नागरिकले आफ्नै खर्चमा कोरोना परिक्षण र उपचार गर्नुपर्ने सरकारको निर्णय, होम आइसोलेसनमा संक्रमितको मृत्यु भए आफन्तले नै शव व्यवस्थापन गर्नुपर्ने । ( आफ्नै खर्चमा कोरोनाको उपचार गर्नुपर्ने )
२) नेपालमा थप १२ कोरोना संक्रमितको मृत्यु, ७३९ पुगे मृतक, काठमाडौं उपत्यकामा १ हजार ६९८ सहित २ हजार ९४२ जनामा संक्रमण, १ लाख ३२ हजार २४६ पुगे संक्रमित । ( नेपालमा ७३९ पुगे मृतक )
३) हायातको सम्पत्ति मूल्यांकन गर्ने कम्पनी छनोटमा ३ महिनादेखि व्यवस्थापनको ढिलासुस्ती, कोरोनाका कारण कार्यालय बन्द भएकाले बैठक बस्न ढिलो भएको होटल व्यवस्थापनको भनाइ । ( कम्पनी छनोटमा हायातको ढिलासुस्ती )
४) आर्मेनिया र अजरबैजानबीच दोस्रोपटक भएको युद्धविराम सहमति पनि उल्लंघन, युद्धविराम लागू भएको चार मिनेटमै अजरबैजानले गोली चलाउनुका साथै रकेटसमेत प्रहार गरेको आर्मेनियाको आरोप । ( दोस्रो युद्धविराम पनि उल्लंघन )
५) र, आफ्नै पुरानो कीर्तिमानमा सुधार गर्दै दुई सेकेन्डले पेरेसले बनाइन् नयाँ विश्व कीर्तिमान, वल्र्ड एथ्लेट हाल्फ म्याराथनमा १ घन्टा ५ मिनेट १६ सेकेन्डमा दुरी पूरा । ( पेरेसले बनाइन् नयाँ विश्व कीर्तिमान)