• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

निर्वाचन आयुक्तका विलासी गाडी प्रदेश प्रमुखका लागि !

64x64
नेपाल लाइभ बुधबार, पुस १२, २०७४  २३:४९
1140x725

काठमाडौ‌ं– चौतर्फी आलोचना र विवादका बीच गत असारमा निर्वाचन आयोगले प्रमुख आयुक्तसहित आयुक्तहरुका लागि खरिद गरेको पाँच वटा एसयुभी गाडी (स्पोर्ट्स युटिलिटी भेइकल) सरकारले तान्ने तयारी गरेको छ। 

प्रदेश प्रमुखका लागि नयाँ र सुविधायुक्त खाडी आवश्यक परे पनि तत्काल खरिद हुन सक्ने सम्भावना नभएको तथा आयोगले निर्वाचन सम्पन्न गरिसकेकाले उक्त गाडीहरु तान्न लागिएको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो।

सात वटै प्रदेशमा सरकारले छिटै प्रमुखको नियुक्ति गर्ने भएकाले व्यवस्थापनको जिम्मेवारी सम्हालेको प्रधानमन्त्री कार्यालयको पहलमा गृह मन्त्रालयले आयोगका नयाँ गाडी तान्न लागेको हो। 

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार निर्वाचन आयोगमा अन्य सुविधायुक्त गाडी रहेकाले हाललाई उक्त गाडी झिकाउन लागिएको हो।  

‘स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भइसकेको अवस्थामा प्रमुख आयुक्तसहित आयुक्तहरुका लागि सुविधायुक्त गाडी आवश्यक हुने देखिएन’, प्रधानमन्त्री कार्यालयका एक सहसचिवले भने, ‘दैनिक चढ्नका लागि यसअघि नै भएका गाडीहरु उपयोगमा ल्याउन सकिनेछन्।’

केही दिनअघि मुख्यसचिव लोकदर्शन रेग्मीले निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवसहितका आयुक्तहरुलाई आयोगको नयाँ गाडी प्रदेश प्रमुखका लागि पठाइदिन प्रस्ताव गरेका थिए। मुख्य सचिवको प्रस्तावमा प्रमुख आयुक्त यादवले आयोगका भएका अन्य गाडी प्रयोग गर्न समस्या हुने हो कि भन्ने बताएका थिए। तर, मुख्यसचिवले प्रदेश प्रमुखका लागि गाडी खरिद हुन नसक्ने र निर्वाचन कार्यक्रम सकिएकाले पुरानै गाडी प्रयोग गर्न यादवलाई सुझाव दिएका थिए। 

नयाँ संरचनाका लागि भौतिक व्यवस्थापनको जिम्मेवारी पाएको गृहले मुख्यसचिवको उक्त भनाइ लगत्तै पाँच वटा गाडी निर्वाचन आयोगवाट व्यवस्थापन हुने सूचीमा राखेको छ।

आयोगले लामो विवादका बीच उक्त गाडी खरिद गरेको थियो। अर्थ मन्त्रालयसँग ताकेता गर्दै ११ करोड २० लाख रुपैयाँ पाएपछि आयोगले पाँच वटा एसयुभी गाडी खरिद गरेको थियो। एउटा एसयुभीको मूल्य दुई करोड ३० लाखदेखि साढे तीन करोड रुपैयाँसम्म पर्छ। अर्थ मन्त्रालयले २२ असोज ०७४ मा निर्वाचन आयोगका प्रमुखसहित सबै आयुक्तका लागि गाडी किन्न बजेट दिने सहमति दिएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

आयोगका गाडी खरिद प्रस्तावमा छलफल सुरु भए लगत्तै तत्कालीन सचिव गोपीनाथ मैनालीले विरोध गरेका थिए। सचिव मैनालीले भारत सरकारले ३७ वटा नयाँ गाडी दिइसकेकाले नयाँ गाडी खरिद गर्न नहुने अडान राखेका थिए। त्यस लगत्तै उनको सरुवा भएको थियो।

आयोगलाई अनावश्यक रुपमा गाडी खरिद गर्न दिएको यो रकम एउटा गाउँपालिकालाई सरकारले दिएको बजेट बराबर थियो। चालू आवमा एउटा गाउँपालिकालाई सरकारले औसतमा १० करोड अनुदान दिएको थियो।

आयोगले विगतमा पनि निर्वाचनपिच्छे गाडी किन्दै आएको छ। ०६४ सालको संविधानसभा निर्वाचनका बेला एक करोड १५ लाख रुपैयाँका दरले पाँच वटा ल्यान्ड क्रुजर गाडी किनिएको थियो। यस्तै ०७० को दोस्रो संविधानसभा निर्वाचनमा पनि चार वटा टोयोटा ल्यान्डक्रुजर गाडी आयोगले किनेको थियो। सोही समयमा आयोगका क्षेत्रीय कार्यालयका लागि भन्दै पाँच वटा स्कार्पियो गाडी किनिएको थियो।

भारत सरकारले यसपालिको स्थानीय तह निर्वाचनका लागि भन्दै प्रमुख आयुक्त र चार आयुक्तलाई एउटा एसयुभी कार र चार वटा सेडान कार दिएको थियो। भारतले चुनाव प्रयोजनका लागि भनेर ३५ वटा जिप र सात वटा स्कार्पियो जिप पनि उपलबध गराएको थियो। अहिले आयोगका एक जना पदाधिकारीले तीन वटासम्म गाडी उपयोग गरिरहेका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आयुक्तहरुको ‘महँगो’ सोख

अहिले प्रमुख निर्वाचन आयुक्तसहित ४ आयुक्तले २/२ वटा गाडी प्रयोग गरिरहेका छन्। प्रमुख आयुक्त अयोधीप्रसाद यादवले सरकारी नम्बर प्लेट बा २ झ ४४७ नम्बरको ल्यान्ड क्रुजर र निजी नम्बर प्लेट बा ६ च १४४६ नम्बरको अर्को गाडी चढ्छन्।

त्यस्तै, आयुक्तहरु इला शर्मा, ईश्वरीप्रसाद पौड्याल, नरेन्द्र दाहाल र सुधीर शाहले बा ६ च १४४५, बा ६ च १४४८, बा ६ च १४४९, बा १७ च १८६८, बा २ झ ८८४ निजी नम्बर प्लेटका गाडी चढ्दै आएका छन्। उनीहरुले सेतो नम्बरका बा १ झ ५९९६, बा १७ च ३४२९ लगायत गाडीहरु पनि प्रयोग गर्दै आएका छन्।

यी गाडी पहिलो संविधानसभा निर्वाचनभन्दा अगाडि आयोगले किनेको थियो। ल्यान्ड क्रुजर कम्पनीका यी गाडीहरु सुविधासम्पन्न र तत्कालै बिग्रिएको अवस्थामा नभए पनि आयुक्तहरुले प्रयोग नगर्ने भनेका छन्। १० वर्ष पुराना ती गाडीले इन्धन बढी खपत गर्ने र बिग्रिएको भन्दै आयोगले तत्कालीन समयमा नयाँ गाडी खरिदको प्रक्रिया अगाडि बढाएको थियो।

आयोगमा प्रमुख निर्वाचन आयुक्त यादव र आयुक्त शर्मा मात्रै भएका बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा नयाँ मोडलको ल्यान्ड क्रुजर गाडी प्रधानमन्त्री कार्यालयले लगेको थियो। अहिले  पनि सोही गाडी प्रधानमन्त्री शेरबहादुर देउवाले प्रयोग गरिरहेका छन्। अन्य चार गाडी भने आयोगमै छन्।

प्रकाशित मिति: बुधबार, पुस १२, २०७४  २३:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कहाँ छन् रवि लामिछाने?
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ?
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत
सम्बन्धित सामग्री
कहाँ छन् रवि लामिछाने? लामिछाने कात्तिक ६ गतेदेखि तीनदिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भन्दै भारत प्रस्थान गरेका थिए। आइतबार, कात्तिक ८, २०८३
खगेन्द्रले स्वीकार गरेनन् विवादित अडियो : थप प्रमाण खोज्दै रास्वपा, अडियो परीक्षणको तयारी समितिका संयोजक भट्टराईका अनुसार सुनारले आरोप स्वीकार नगरेपछि अब सार्वजनिक सामग्रीको सत्यता परीक्षण र थप प्रमाण संकलनमा केन्द्रित हुन... आइतबार, कात्तिक ८, २०८३
हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ रामेछापको उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रीतिमा आयोजित पार्टी गाउँपालिका कमिटी पुनर्गठन कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले रोजगारीक... आइतबार, कात्तिक ८, २०८३
ताजा समाचारसबै
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ? आइतबार, कात्तिक ८, २०८३
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत आइतबार, कात्तिक ८, २०८३
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्