रुपन्देही- रुपन्देहीको सैनामैना नगरपालिका-६ कलोनीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा जलेर २ जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार मोटरसाइकलमा सवार दुवै जनाको अहिलेसम्म सनाखत हुन सकेको छैन।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ७ ख ५९४८ नं को बसले र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु ८ प ८४७५ नंको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकलको ट्याङ्की विष्फोट भएर आगलागी हुँदा दुवैको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सालझन्डीका प्रहरी निरीक्षक रविनराज मैनालीले जानकारी दिए।
'अझै पनि सनाखत भएको छैन, तर हामीले कोसिस गरिरहेका छाैं,' प्रहरी निरीक्षक मैनालीले भने।
दुवै शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। -रासस
तस्बिर : प्रतीकात्मक
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।