काठमाडौं– बर्दियाको बारबर्दिया नगरपालिका–७, रम्मापुरमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। काठमाडौंबाट बझाङका लागि छुटेको ना२ख १३३९ नम्बरको बस आइतबार बिहान ६ बजे दुर्घटना भएको थियो।
दुर्घटनामा घाइते १२ जनामध्ये १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बसका चालक भने फरार भएका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।