काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसमितिको बैठक पुसको तेस्रो साता बोलाएको छ।
पार्टी अध्यक्ष कमल थापाको अध्यक्षमा बसेको पदाधिकारी बैठकले ३ दिने कार्यसमिति बैठक पुस १९ गतेदेखि काठमाडौंमा गर्ने निर्णय गरेको हो।
केन्द्रीय कार्यसमिति बैठकमा चुनावी समीक्षाका साथै पार्टीको भावी रणनीति तय गरिने प्रवक्ता भुवन पाठकले बताए।
यस्तै, पदाधिकारी बैठकले केन्द्रीय परिषदको बैठक फागुनको दोस्रो साता वीरगन्जमा गर्ने निर्णय गरेको छ।
संविधानसभाको दोस्रो निर्वाचनमा संसदको चौथो ठूलो दल बनेको राप्रपा हालैको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय दल समेत बन्न सकेन। समानुपातिकमा तीन प्रतिशत थ्रेसहोल्ड कटाउन नसकेको राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन मात्र प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।