काठमाडौं– भारतको पुनेस्थित ‘भारतीय फिल्म और टेलिभिजन संस्थान’मा अिभनय सिक्न चलचित्र विकास बोर्डले दरखास्त आव्हान गरेको छ । भारतीय दूतावासको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा नेपाली अभिनेता तथा अभिनेत्रीका लागि ‘२० दिने स्क्रीन अभिनय सम्बन्धी फाउण्डेशन कोर्स’को आयोजना गरिएको हो।
उक्त तालिममा सहभागी हुन च्छुक कलाकारहरूले भारतीय दूताबासबाट निर्धारित दरखास्त फारमका साथ एकप्रति फोटो, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, अभिनय सम्बन्धी अनुभवका कागजातहरु संलग्न गरी पुष १९ गतेभित्र दरखास्त दिन भनिएको छ । दरखास्त चलचित्र विकास बोर्डको कार्यालय, चाबहिल, काठमाडौं वा बोर्डको इमेल ठेगाना [email protected] मा पठाउन सकिनेछ।
तालिमको भाषा अंग्रेजी र हिन्दी हुनेछ । आवेदकले कम्तीमा केही नेपाली कथानक चलचित्रहरु, विज्ञापन चलचित्रहरु, म्युजिक भिडियोहरु आदिमा अभिनय गरेको अनुभव पेश गर्नुपर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।