काठमाडौं– पार्टी एकता र नयाँ सरकार गठनको रस्साकस्सी चलिरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच आज छलफल भएको छ।
बालकोटस्थित ओली निवासमा भएको छलफलमा वाम गठबन्धनका शीर्ष नेताबीच पार्टी एकता र नयाँ सरकार गठन लगायतका विषयमा कुराकानी भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। दुई नेताबीच करिब एक घन्टा छलफल भएको थियो।
ओली निवासबाट बाहिरिने क्रममा माओवादी अध्यक्ष दाहालले पत्रकारलाई प्रतिक्रिया दिँदै भने, 'विभिन्न विषयमा छलफल भयो। पार्टी एकतामा कुनै समस्या छैन।'
दुई नेताबीच मंगलबार नै भेट हुने भनिए पनि आन्तरिक छलफलका लागि भन्दै अन्तिम समयमा स्थगित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।