काठमाडौं– पार्टी एकता र नयाँ सरकार गठनको रस्साकस्सी चलिरहेका बेला वाम गठबन्धनका शीर्ष नेता नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल सुरु भएको छ।
वाम एकतामा आशंका बढिरहेका बेला ओली र दाहाल छलफलमा जुटेका हुन्। ओली निवास बालकोटमा दुई नेताबीच पार्टी एकता, राष्ट्रियसभा निर्वाचन अध्यादेश र सरकार गठनबारे छलफल केन्द्रित रहेको बताइएको छ। दुई नेताबीच मंगलबार नै भेट हुने भनिए पनि आन्तरिक छलफलका लागि भन्दै अन्तिम समयमा स्थगित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।