राजविराज– राष्ट्रपति बिद्यादेबी भण्डारीले चुरे श्रृखंलाको अनियन्त्रित दोहनलाई रोक्न र जनता आवास कार्यक्रमलाई प्रभावकारी बनाउन आग्रह गरेकी छिन्।
सप्तरीको डाकनेश्वरी नगरपालिका-३ तरहीस्थित जनता माविको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै भण्डारीले पर्यटकी क्षेत्रको विकास, बाढीलगायतका प्राकृतिक प्रकोप नियन्त्रणका लागि पूर्व तयारीमा रहन पनि ध्यानाकर्षण गराइन।
उनले शिक्षाको माध्यमबाट सबैखाले असमानता र विभेद अन्त्य हुने दावी गर्दै यसमा सवैको सहभागिता आवश्य रहेको बताइन्।
हीरक जयन्ती स्तम्भ र विद्यालय भौतिक सुविधा विस्तार कार्यक्रमअन्तर्गत निर्मित पक्की भवनको उद्घाटन गर्दै भण्डारीले शिक्षा नै सर्वाङ्गीण विकासको महत्वपूर्ण माध्यम भएको बताइन्।
आमा समूहलगायत स्थानीय समुदायलाई परिचालन गर्दै बिद्यालयमा स्वस्थ्य र पौष्टिक दिवा खाजा उपलब्ध गराई बालबालिकाको स्वास्थ्य र गुणस्तरीय शिक्षामा जोड दिन उनको आग्रह छ।
प्रदेश २ सरकारले ल्याएको ‘बेटी बचाऔं, बेटी पढाऔ’ अभियानमा सबै पक्ष लाग्नु पर्ने भण्डारीको आग्रह छ।
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले प्रदेश २ मा पनि पछाडि परेको सप्तरीको विकासका लागि लागि उपलब्ध स्रोत, साधनको प्रयोग गरी समृद्धिको दिशामा लाग्नु पर्ने बताए।
प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतले शिक्षाकै माध्यमबाट महिलालाई सशक्त बनाउन सकिने बताउदै यसमा सबैको साथ र सहयोग आवश्यक रहेको बताए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शोभानन्द रायको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।