काठमाडौं- जबर्जस्ती करणी मुद्दामा फरार रहेका अभिकुक्तलाई प्रहरीले पक्राउ गरी अदालतमा पेस गरेको छ।
बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका-२२ स्थायी ठेगाना भएका मानबहादुर थिङलाई प्रहरीले असार ४ गते पक्राउ गरी जिल्ला अदालत बारामा हाजिर गराएको हो।
उनीमाथि ७ वर्षअघि सोही स्थानकी ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको छ।
काठमाडौंमा लुकीछिपी बसेको अवस्थामा अभियुक्त थिङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
अदालतले उनलाई पुर्पक्षका लागि शुक्रबार कारागार पठाएको बारा प्रहरीले विज्ञप्तिमार्फत् जानकारी गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।