काठमाडौं- काठमाडौंको चाबहिल-साँखु सडकखण्डमा ठेकेदार कम्पनीको लापरबाही गरी बाटो निर्माण कार्य समयमा सम्पन्न नगरेको भन्दै स्थानीयबासी आन्दोलित भएका छन्।
शनिबार एक विज्ञप्ति जारी गर्दै स्थानीयबासीले तत्काल काम सम्पन्न गर्न माग गर्दै काम पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएका हुन्।

तीन वर्षसम्म पनि सो सडकखण्डको विस्तार कार्य सम्पन्न नभएको र स्थानीयले दुख पाएको भन्दै गत जेठ २८ गते थलीमा सडक अवरुद्ध गरिएको थियो।
स्थानीयबासी र नगरपालिका बीच ३ बुँदे सहमति गरी तत्काल काम अघि बढाउन पहल गर्ने भएपछि सडक खुलेको थियो। तर सो सहमति नभएको भन्दै स्थानीयबासी पुनः आन्दोलित भएका हुन्।
उनीहरूले २४ घन्टे अल्टिमेटम दिँदै ध्यानकर्षणका लागि शनिबार साँझ मसाल जुलुल निकाल्ने समेत बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।