काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले इन्काउन्टरको संस्कृति विकास हुदै जाँदा कानुनी राज्यको उपहास हुने भन्दै सरकार र मातहतका निकायलाई त्यस तर्फ सचेत बन्न सुझाव दिएका छन्।
आयोगले शनिबार राजधानीमा गरेको कार्यक्रममा उनले पछिल्लो समय इन्काउन्टर संस्कृति विकास हुँदै गएकोमा चिन्ता व्यक्त गरेका हुन्।
'आपराधिक घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान गरी अपराध प्रमाणित गर्नुपर्नेमा प्रहरीले आफ्नो सजिलोका लागि इन्काउन्टर शब्द प्रयोग गरी व्यक्ति हत्या गर्ने प्रवृति बढ्दै जादा त्यसले कानूनलाई उपहास भएको छ,' उनले भने, 'इन्काउण्टर संस्कृतिको विकास भो भने कानुनी राज्यको उपहास हुन्छ।'
चरी, घैटे र भक्तपुरका बालक अपहरणपछि हत्यामा संलग्न दुईजनाको इन्काउन्टरमा मृत्यु भएको घटनालाई आयोगले अध्ययन गरिररहेको पनि उनले स्पष्ट पारे।
पछिल्लो समय नेत्र विक्रम चन्द समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीको इन्काउन्टरमा मृत्यु भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।