काठमाडौं- लामो समयदेखि अस्ट्रेलियामा बस्दै आएका गायक राजेश केसी र पछिल्लो पुस्ताकी चल्तीकी गायिका मेलिना राईको स्वर समावेश गीत ‘नानी ज्यान’ सार्वजनिक भएको छ। युट्युबमार्फत गीतको भिडियो पनि रिलिज गरियो।
सार्वजनिक भिडियोमा अभिनेता तथा मोडल पुष्प खड्का र अभिनेत्री वर्षा शिवाकोटीले जोडी बाँधेका छन्। पुष्प अभिनित ठूलो पर्दाको ‘मंगलम’ रिलिजको क्रममा छ भने शिवाकोटी ‘भैरे’ फिल्मको सुटिङबाट केहि दिन पहिले मात्रै राजधानी फर्केकी थिइन्।
सञ्चारकर्मी श्रीधर पौडेलको निर्देशनमा तयार भिडियोमा पुष्प र वर्षालाई प्रेम भावमा भेट्न सकिन्छ। पौडेलले पछिल्लो समय सञ्चारकर्म सँगसँगै भिडियो तथा विज्ञापन निर्देशनमा पनि सक्रिय छन्।
भिडियोमा शब्द संगीत राजप्रताप केसीको छ भने एरेन्ज बाबु प्रधानले गरेका छन्। ज्ञानेन्द्र शर्माले खिचेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन्।
भिडियो-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।