काठमाडौं- महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले भन्सार छलेर ल्याएको कपडा बरामद गरेको छ।
प्रभागको टोलीले नेपालगन्जबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ७८९२ नम्बर र ना ६ ख १२८९ नम्बरको बस चेकजाँचका क्रममा रु १० लाख ७१ हजार मूल्य बराबरको सामग्री आज बिहान बरामद गरेको हो।
महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख कुमारविक्रम थापाले दुई वटा बस जाँच गर्दा भन्सार छलेर ल्याएको पाँच बोरा सामान बरामद गरेको जानकारी दिए। 'सामानको बिल र धनी नभएकाले हामीले सामानलाई बरामद गरेका हौँ,' उनले भने।
प्रहरीले एक हजार ४१८ थान विभिन्न रङको कुर्ता तथा टप्स, पुरुषले लगाउने कमेज ७५ थान, पेटी २४ थान, पुरुषले लगाउने कट्टु ५९ थान, ४८ मुठ्ठा जाली कपडा बरामद गरेको हो। वृत्तको टोलीले आवश्यक कारबाहीका लागि सामानलाई राजश्व अनुसन्धान विभाग पठाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।