राजविराज– सप्तरीमा शुक्रबार ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत अग्निसाइर कृष्णासवरण गाउँपालिका-१, घोघिदहमा पूर्व जाँदै गरेको ना१ख ७९२८ नम्बरको ट्रकले पश्चिम जाँदै गरेको बा८४प ९९७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक झापाको बुधबारे गाउँपालिका-१ का २६ वर्षीय प्रतिक ढुङ्गेलको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।