डडेलधुरा- सेती नदीले बगाएर डोटीका एक बालकको मृत्यु भएको छ। शिखर नगरपालिका-१० बान्डुर्गैसैनका ७ वर्षीय गोविन्द बलायरको नुहाउने क्रममा नदीले बगाउँदा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार शुक्रबार बिहान साढे १० बजे स्कुल बिदा भएपछि बलायर नदीमा नुहाउन गएका थिए।
उनको शव ३० मिटर तल नदी छेउमा फेला परेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।