काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) अध्ययनका लागि विदेश जान १२ कक्षा पास हुनुपर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश, अर्को सुनुवाइ आइतबारका लागि तोकियो।
२) नक्कली बिजक बनाई ३ अर्ब राजस्व छली गर्ने १५ जनाविरुद्ध मुद्दा दायर, कर दायित्व नतिर्ने मनसायले राजस्व चुहावट भएको प्रधानमन्त्री कार्यालयअन्तर्गत राजस्व अनुसन्धान विभागको ठहर।
३) गैरकानुनी अन्तर्वार्ताबारे छानबिन हुँदै, साउदी दूतावासको संलग्नता रहेको म्यानपावरको स्विकारोक्ति।
४) विश्वकप महिला फुटबलको प्रि–क्वाटरफाइनल समीकरण पूरा, गएराति भएको खेलमा अमेरिकाद्वारा स्विडेन २–० गोल अन्तरले पराजित।
५) अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानमाथिको आक्रमण स्वीकृति तत्कालका लागि रोक, योजनाको सुरुवाती स्तरमै आक्रमण रोकेर अमेरिकी सेनालाई निराश बनाएको टिप्पणी।
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।