काठमाडौं- राष्ट्रियसभा अध्यादेशमा सहमति नजुटिरहेको अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज चितवनमा भेट हुन पाएन।
प्रचण्ड शुक्रबारदेखि गृहजिल्ला चितवनमै थिए भने देउवा हात्ती महोत्सवको उद्घाटन गर्न आज चितवन पुगेका थिए। धेरैले दुईबीच चितवनमै भेट हुने बताए पनि उनीहरुबीच भेट हुन नसकेको प्रचण्ड निकट एक नेताले बताए।
प्रचण्ड मंगलबार दिउँसो ३ बजे काठमाडौं फर्किइसकेका छन्।
उनका प्रेस संयोजक मनोहरि तिमिल्सेनाका अनुसार प्रचण्डले आजै बेलुका एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गर्दैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।